ड्युटीमा रहेका प्रहरी जवानले आफैलाई हाने गोली



काठमाडौँ – स्याङजामा एक जना प्रहरी जवानले आफैलाई गोली ठोकेर आत्महत्या गरेका छन् । जिल्ला कारागारको सुरक्षामा खटिएका प्रहरी जवान जितेन्द्र थापा मगरले बिहान पौने ४ बजेतिर आफूसँग रहेको मार्क फोर राईफलले आफैलाई गोली हानेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

उनी रातिदेखि बिहान ६ बजेसम्मका लागि डिउटीमा बसेका थिए । डिउटीमै खटिएका बेला मगरले आफ्नो च्यापु (घाँटीभन्दा तल) मा गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल स्याङजामा ज्यान गएको हो । च्यापुमा प्रहार भएको गोली उनको टाउकोबाट बाहिर निस्केको प्रहरीले जनाएको छ ।

जिल्ला कारागारमै दरबन्दी रहेका मगर नवलपरासीको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का स्थानीय बासिन्दा हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्