२२ मन्त्रालयमा मन्त्रीका कार्यकक्ष खाली, मुख्य मान्छे नहुँदा निर्णय लिन अप्ठ्यारो



सैघाली खबर
साउन,६


८ वटा मन्त्रालयमा मन्त्री नियुक्त भएपनि अन्य २२ वटा मन्त्रालयले मन्त्री नपाउँदा मन्त्रालयको ठुला काम प्रभावित भएका छन् । मन्त्रालय सम्हाल्ने मुख्य व्यक्ति मन्त्री नै नहुँदा सबैजसो मन्त्रालयका अधिकांश कर्मचारी काम बिहिन भएपछि हिजोआज उनीहरुको दिन गफगाफ तथा सामाजिक सञ्जालमै सक्रिय भएर बित्न थालेको छ । सिंहदरबारमा रहेको वन तथा भु–संरक्षण मन्त्रालयमा पुग्दा मन्त्रालय भित्र भुई तल्लामा रहेको सहायक कक्षभित्र कर्मचारी गफगाफमै व्यस्त थिए । मन्त्रालयको एक तला माथि पुग्दा ढोकाबाहिर एउटा नाम प्लेट झुण्डाइएको छ । ‘सम्माननिय शेरबहादुर देउवा, प्रधानमन्त्री एवं वन तथा भु–संरक्षण मन्त्री’ । नाम प्लेटमा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्नुभएको छ तर मन्त्री बस्ने कक्ष भने खाली छ । मन्त्रीको निजी सचिवालयमा एकजना सुब्बा तहका कर्मचारी यूट्युवमा भिडियो हेर्नमै व्यस्त देखिनुभयो । वन मन्त्रालय भन्दा ठीक अगाडी पट्टी भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीको सचिवालमा र प्रशासन शाखामा पुग्दा कर्मचारी निदाएकै अवस्थामा भेटिए । त्यो मन्त्रालयको जिम्मा पनि प्रधानमन्त्रीकै काँधमा छ । शान्ती तथा पुर्ननिर्माण मन्त्रायल भित्र मन्त्रीको निजी सचिवालमा पनि कर्मचारी यूट्युवमार्फत मोवाइलमा तीजको भिडियो हेरिरहेका भेटिए । मन्त्रीबिहीन अधिकांश मन्त्रालय पुग्दा सचिव, सहसचिव र उच्चतहका कर्मचारी भेटिएनन् । कर्मचारी भएका कक्षहरुमा पनि काम भन्दा गफगाफ नै बढी सुनिन्थ्यो । वन मन्त्रालयका प्रवक्ता धनन्जय पौडेल मन्त्री नहुँदा समयमै हुने काममा केही ढिलाई भइरहेको स्विकार्नुहुन्छ । आफ्नै कार्यकक्षमा भेटिनु भएका पशुपंक्षी विकास मन्त्रालयका सचिव डाक्टर यूवकध्वज जीसी प्रशासनिक काम भइरहेको बताउनु हुन्छ । तर मन्त्रालयको मुख्य मान्छे नै नहुँदा ठूलो निर्णय लिन अप्ठ्यारो परेको उहाँको भनाइ छ । २२ वटा मन्त्रालयको ढोकाबाहिर मन्त्रीको रुपमा प्रधानमन्त्री देउवाको नाम लेखिएको छ । डेढ महिना भयो जिम्मेवारी सम्हालेको, ती मन्त्रालयमा प्रधानमन्त्रीको पाइला परेको छैन । मन्त्रालयका काम स्वीकृत गराउने बेला भयो की फाइल बोकेर कि त प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुग्नुपर्छ कि त सरकारी निवास बालुवाटार नै पुग्नपर्ने बाध्यता छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्