सैघामा गोरेटो बाटो निर्माण



रोम थापा मगर ,
सैघा, ७ असोज । घोराही उपमहानगर पालिका वडा नं १९ साविक सैघामा गाउँलेहरुले आफै नै गोरेटो बाटो निर्माण गरेका छन । भयरथान टोल विकास संस्थाका अध्यक्ष केशर बहादुर पुन को नेतृत्वमा तथा वडा सदस्य टंक रोका को सक्रियतामा गाउँको विभिन्न वस्तीमा जाने गोरेटो बाटो निर्माण गरिएको हो ।

विभिन्न वस्तीमा पुग्नको लागी सहज वातावरण निर्माण गर्नको लागी र आफ्नो गाँउ आफै बनाउ भन्ने मुल उद्देश्यका साथ गोरेटो बाटो निर्माण गरिएको भयरथान टोल विकास संस्थाका अध्यक्ष केशर बहादुर पुनले बताउनु भयो ।

भयरथान टोल विकास संस्था अन्तरगत ३ दिन लगाएर जवारी , धनचौर , बेवरे , रालबाङ , बाम्ला वस्तीसम्म पुग्ने गरि करिव ३ किलोमिटर गोरेटो बाटो निर्माण गरिएको अध्यक्ष पुनको भनाइ रहेको छ ।

बाटो निर्माण कार्यमा गाउका एक सय २५ घरधुरीको सहभागीता रहेको वडा सदस्य टंक रोकाले बताउनुभयो । बाटो निर्माण गरेर अहिले गाई , भैँसी तथा मानिसहरुलाई सहज भएको वडा सदस्य रोकाले बताउनुभयो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्