अन्तर्राष्ट्रिय

आतंककारी आक्रमणमा १६ जना सुरक्षाकर्मीको मृत्यु

By थाहा अनलाइन

July 21, 2017

सैघाली खबर साउन,६

दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तस्थित एक सुरक्षाजाँच चौकीमा भएको आतंककारी आक्रमणमा १६ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । आक्रमणमा १० जना सैनिक र ६ जना प्रहरीको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । तालिवान समूहले गरेको आक्रमणका क्रममा अन्य सात सुरक्षाकर्मी घाइते भएका छन् । सुरक्षाअधिकारीहरुले यो आक्रमणमा दोहोरो गोली हानाहान भएको र कयौं तालिवान लडाकु समेत मारिएको दाबी गरेका छन् । केही तालिवानीलाई पक्राउ समेत गरिएको अधिकारीहरुले जनाएका छन् । कान्दाहार प्रान्तका प्रहरी प्रवक्ता जिया दुरानीले घटनाको पुष्टि गरे पनि थप विवरण दिन अस्वीकार गरेको जनाइएको छ ।