राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) को दाङ जिल्ला कार्यसमिति गठन हुने



बिष्णुकुमार देवकोटा
दाङ असोज ८

अनलाइन मिडियाहरुको छाता संगठन राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा)को जिल्ला कार्यसमिति असोज २७ गते गठन हुने भएको छ ।

बिजया दशमीको अवसर पारेर शुभकामना आदान प्रदान तथा जिल्ला कार्यसमिति दाङको तदर्थसमिति गठन गरिने प्रदेश नं ५ प्रादेशिक कार्यसमितिका उपाध्यक्ष सागर थापाले जानकारी दिनुभयो ।

छरिएर रहेका अनलाईन मिडियाहरु लाई एकरुपता दिन तथा समग्र अनलाइन मिडियाकर्मीहरुको हक हित का लागि जिल्ला कार्यसमिति गठन गर्न लागिएको प्रदेश नं ५ का अध्यक्ष उदय सिंह श्रेष्ठले जानकारी दिनुभयो ।

 

विश्वमा द्रूत सुचना तथा संचारको माध्यमको रुपमा बिकास भएको अनलाईन मिडियाहरुको उपस्थितिले सूचना आदान प्रदानमा सेकेण्ड नलाग्ने भन्दै श्रेष्ठले नोजामा आबद्ध हुन अनलानकर्मीहरुलाई आह्वान गर्नुभयो ।

नोजाका केन्द्रिय अध्यक्ष मुकुन्द के. ढुङ्गाना, दाङ जिल्लाका समाजसेवी तथा नेताहरुको उपस्थिीतिमा समिति घोषणा गरिने प्रादेशिक सचिव बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो ।

यहि असोज २७ गते दाङको घोराहीमा भव्य समारोह विच संघको जिल्ला कार्यसमिति घोषणा गरिने छ ।

 

संघको सदस्यता लिन चाहने अनलाइन कर्मीहरुले सम्बन्धित अनलाइन मिडियाको परिचय पत्र थान १, पासपोर्ट साइजको फोटो २ प्रति र सदस्यता शुल्क वापतको राम रु. ११ सय मात्र आवस्यक पर्ने सचिव बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो ।

सदस्यताका लागि जिल्लामा संचालित सबै अनलाइन मिडिया हाउसहरुसंग बृहत् छलफल गरी अघि बढ्ने प्रादेशिक सचिव बिष्णुकुमार देवकोटाले जानकारी दनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्