गल्दै घर्तीको शव, दुख पाउँदै नागरिक, सुन्दैन प्रशासन



जनक नेपाली
दाङ ६ साउन ।तुलसीपुर उपमहानरपालिका–५ का व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेको भनिएका घोराही १२ कात्तिकेका रणबहादुर घर्ती मगरको हत्या भएको झण्डै डेढ महिना पुग्न थाल्यो तर हाल सम्म पनि घर्तीको अलपत्र अबस्थामा छ । घोराही स्थित राप्ती उपक्षेत्रिय अस्पताल पोष्टमाष्र्टम स्थलमा अलपत्र उक्त शव न परिवारले नै हाल सम्म बुझ्न मानेको छ न त प्रशासनले नै मृतकका परिवारलाई जिम्मा लगाउन नै सक्ने अबस्था । बरु मृतकको पक्षमा विभिन्न आन्दोलनका कार्यक्रम हुदै जान थालेका छन् ।
गएको जेठ २६ गते व्यापारी श्रेष्ठसँगै ठेकेदार रणबहादुर पनि अपहरणमा गर्नु भएको थियो । व्यापारी श्रेष्ठको अपहरणका मूख्य योजनाकार पक्राउ परेसँगै ठेकेदार रणबहादुरको हत्याको रहस्य बाहिरिएको थियो । प्रहरी अनुसन्धानमा श्रेष्ठको हत्या हुनु भन्दा डेढ घण्टा अघि मात्रै रणबहादुरको हत्या गरेको तथ्य प्रहरीले सार्वजनिक गरेको थियो ।हत्याका योजनाकार भनिएका तुलसीपुर उपमहानगरपालिका–६ का ४० वर्षीय निर्मल नामले चिनिदै आएका टिकाराम घर्ती, उनकी छोरी २० वषीय पूजा र मानबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि ठेकेदार रणबहादुरको पनि हत्या रहस्य बाहिर आएको थियो । मृतक परिवारलाई शव कहाँ छ भन्ने बारेमा करिब एक महिना सम्म कुनै अत्तोपत्तो थिएन ।
हत्याराको वयानका आधारमा स्थानिय गाउँलेहरुले बल्ल तल्ल घर्तीको शव सल्यान छत्रेश्वरी गाउँपालिका ४ झिम्पेखर्सुगैरामा फेला पारेका थिए । घर्तीको काज किरिया समेत आफुहरुले गर्न नपाएको आफुहरु दुखित बनेको उनका दाजु गनबहादुर घर्तीले वताउनुभयो । भाईको सव क्षतविछत भए जस्तै परिवारमा पनि विचल्ली आएको छ त्यसकारण आफुहरु दुख पाएको घर्तीले वताउनुभयो । भाईका साना छोराहरु ६÷७ बर्षका छन् उनिहरुको पालन पोषण कसरी गर्ने भन्ने चिन्तामा छौ उहाँले भन्नुभयो । एकातिर शव राखेर आन्दोलन गर्नु कुनै उचित होईन तर पनि छोरा बुहारीको लागि बन्द लगायतका कार्यक्रम गर्न बाध्य छौ उहाँले भन्नुभयो ।

दःख पाउँदै नागरिक

यस्तै घर्तीको हत्याको विरोधमा हिन्दु जागरण नेपालले आवहन गरेको वन्दका कारण सर्वसाधारणले दुःख पाएका छन् । विभिन्न गन्तव्यका लागि हिडेका सर्वसाधारणहरु बाटोमै अलपत्र परेको तुलसिपुर १८ का सिता ओलीले वताउनुभयो । सबैले आ आफ्ना कामहरु गर्नु पर्नेछ तर यातायातका साधन नचल्दा धेरै मान्छे विचबाटोमै अलपत्र परेको उहाँले वताउँनुभयो । उहाँले भन्नुभयो हत्या गरिका परिवारलाई उचित क्षतिपुर्ती दिनुराम्रो कुरा हो तर लास माथी राजनिति गरेर यातायात बन्द गरेर सर्बसाधारणलाई दुःख दिनु राम्रो होईन उहाँले भन्नुभयो ।

शव माथी राजनिति गरेका छैनौ  : अध्यक्ष भण्डारी
हिन्दु जागरण नेपाल दाङका अध्यक्ष यामबहादुर भण्डारीले घर्तीको शब ल्याएर राजनिति नगरेको वताउनुभयो । परिवारलाई साथमा ल्याएर उहाँहरुको पक्षमा काम गर्दै आएका छौ भण्डारीले भन्नुभयो । हिन्दु जागरणले पटक पटक सम्बन्धित पक्षलाई उचित क्षतिपुर्ती र हत्यारालाई जन्मकैदको माग राख्दा लास माथी आन्दोलन हुन्छ की हुदैन उहाँले भन्नुभयो । आफुहरुले स्थानिय मात्र आन्दोलनका कार्यक्रम गदृै आएको वताउँदै अब पनि प्रशासनले हाम्रा कुरा नसुने आन्दोलनका कार्यक्रम देश व्यापी चर्काउने उहाँले वताउनुभयो । हिन्दु जागरण नेपालले परिवारलाई क्षतिपूर्ति नदिदा सम्म आन्दोलनका कार्यक्रम जारी राख्ने वताएको छ ।

प्रशासनले अन्याय ग¥यो : घर्ती परिवार

मृतक परिवारले स्थानिय प्रशासन देखी सरकारले सम्म आफ्ना कुरा नसुनेको वताएका छन । पटक पटक आफ्ना मागका विषयमा जिल्ला प्रशासन समक्ष जानकारी गराउँदा समेत आफहरुलाई वेवास्था गर्दै आएको मृतकका दाजु गनबहादुर घर्तीले वताउनुभयो । छोरा छोरी साना छन उनिहरुको पालन पोषण कसरी गर्ने भन्ने चिन्तामा छौ उहाँले थप्नुभयो । आम्दानीको श्रोत कुनै छैन त्यसकारण आफुहरुले उचित क्षतिपूर्तिको माग गरेका छौ तर हाम्रा कुनै कुराको सुनुवाई भएकै छैन उहाँले भन्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्