रोल्पामा आफै माथी गोली प्रहार गरी आत्म हत्या



रोल्पा।
रोल्पाका एक ब्यक्तिले आफैमाथि गोली प्रहार गरी आत्महत्या गरेका छन् । रोल्पा रुन्टीगडी गाउँपालिका वडा नं। ६ डुव्रिङ निवासी ५१ वर्षीय कुल प्रसाद विकले आज सोमबार बिहान आफैमाथि गोली हानी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

विकले बिहान ८ बजेतिर आफ्नै घाँटीमा गोली हानी आत्महत्या गरेको रोल्पाका प्रहरी प्रमुख दीपक खड्काले जानकारी दिए।

विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भईरहेको डिएसपी खड्काले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्