५८ जना प्रहरीको जागिर चट्



काठमाडौं । साउन १० मा कंचनपुर भिमदत्त नगरपालिका २ की १३ वर्षिया निर्मला पन्तको बलात्कार पछि हत्या भयो। बलात्कार र हत्या प्रकरणमा प्रहरीबाटै अनुसन्धानमा त्रृटी भएको भन्दै भदौ सात गते गृह मन्त्रालयका सह सचिव हरिप्रसाद मैनाली नेतृत्वमा छानविन समिति गठन भएको थियो।

सोही समितिको छानविनबाट निर्मला हत्यामा प्रहरीले जिम्मेवारी पूर्वक अनुसन्धान नगरेको र प्रहरीलाई नै अनुसन्धानको दायरामा ल्याउनु पर्ने निष्कर्ष निकालेपछि प्रहरी प्रधान कार्यालयले तल्कालिन कंचनपुर जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी डिल्लीराज विष्ट, प्रहरी नायव उपरीक्षक डिएसपी ज्ञानबहादुर सेटी, केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी का डिएसपी अंगुर जीसी, दुई जना प्रहरी निरीक्षक र एक जना सहायक निरीक्षक गरी छ जनालाई निलम्बन गरेको छ।

त्यस्तै प्रहरी प्रधान कार्यालयले सनश शाक्य हत्या र हराएको ३३ किलो सुनकाण्डमा समेत प्रहरी मुछिएपछि बैशाखमा तत्कालिन महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी दिवेश लोहनी, डिएसपी प्रजीत केसी, मकवानपुर जिल्ला प्रहरी प्रमुख बिकाशराज खनाल सहित सात जनालाई निलम्बन गरेको थियो।

उनीहरु सुन तस्करसंगको साँठगाँठमा संलग्न देखिएको भन्दै जिल्ला अदालत मोरङले उनीहरुलाई पुर्पक्षकालागि जेल चलानको आदेश दियो। उनीहरुले दुई महिनाभन्दा बढी जेल जीवन समेत भुक्तान गरे। हाल लोहनी, खनाल, र केसी बिराटनगर उच्च अदालतको आदेशले थुना मुक्त भएका छन्। हाल उनीहरुको निलम्बन फुकुवा भएको छ।

यसरी प्रहरी नै विभिन्न गम्भीर अपराधका घटनाहरुमा मुछिने र निलम्बनमा पर्न थालेपछि पछिल्लो सयम प्रहरी संगठन नै बदनाम बन्दै गएको छ।

त्यसो त नेपाल प्रहरीले थुप्रै जटिल अपराधको सफल अनुसन्धान पनि गरेको छ। तर केही प्रहरी अधिकारीले कतिपय अपराध अनुसन्धानमा कमजोरी गर्दा संगठन नै बदनाम हुन पुगेको कतिपय प्रहरी अधिकृतहरुको भना छ। ३३ किलो सुन काण्डमा प्रहरीको संलग्नता।

त्यस्तै निर्माला पन्त हत्यामा समेत प्रहरीको लापरबाही, भदौ ३० मा मनोहराको बालुवा तस्करीमा समेत कोटेश्वर काँडाघारी प्रहरी कार्यालयका ९ जना प्रहरीलाई घुससहित अख्तियारको टोलीले रंगेहात पक्राउ गरेपछि प्रहरी संगठन प्रति आम जनताको विश्वास टुटेको छ।

साउन २१ मा भक्तपुरबाट अपहरणपछि हत्या भएका बालक निशान खड्काको समेत प्रहरीकै समन्यय अभावका कारण हत्या भएको कतिपय प्रहरीकै बुझाई छ।

नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शैलेस थापा क्षेत्री भने परिवर्तित अपराध शैलीका बावजुत पनि प्रहरीको भूमिकालाई कमजोर मान्न नसकिने तर्क राख्छन्।

‘प्रहरीले वर्षौ लगाएर गम्भीर प्रकृतिका अपराधको पनि सफल अनुसन्धान गरेको छ, एक दुई घटनालाई मात्र जोडेर पुरै प्रहरी संगठनलाई बदनाम गर्न मिल्दैन,’ क्षेत्रीले भने, प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धानमा लापरवाही गर्ने प्रहरी अधिकारीदेखि जवान समेत माथि छानविन गरेको छ, आन्तरिक कारवाही भएका छन्।’

उनीहरुले गरेको अनैतिक कामको प्रकृति हेरी नोकरीबाट हटाउने, भविष्यमा सरकारी जागिरमा अयोग्य हुनेगरी बर्खास्त गर्ने, ग्रेड रोक्का गर्ने, ग्रेड घटुवा, बढुवा रोक्का, पद घटुवा, निलम्बन लगायत कारबाही गरिएको क्षेत्रीको भना छ।

बैशाख यतामात्रै ५०२ जना प्रहरीलार्इ कारवाही गत बैशाखदेखि साउन ४ महिनाको अवधी र निर्मला हत्याकाण्ड प्रकरणमा जोडिएका प्रहरी गरी प्रहरी प्रधान कार्यालयले पाँच सय दुई प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ। प्रधान कार्यालयको तथ्यांक अनुसार बैशाख महिनामा १६५ जना लाई कारवाही गरेको थियो।

त्यस्तै जेठ, असार र साउनमा गरी प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार ५०२ जना प्रहरी कर्मचारी कारवाहीमा परेकाको देखिएको हो। कारवाही पर्नेमा धेरैजसो प्रहरी जवान प्रहरी प्रधान कार्यालयलको तथ्यांक हेर्दा कारवाही पर्ने अधिकांश तल्लो दर्जाका प्रहरी कर्मचारी छन्। सय मध्ये पनि सबैभन्दा बढी जवान रहेका छन्।

चार महिनाको अन्तरालमा कुल ३४९ प्रहरी जवान कारबाहीमा परेको छन्। त्यस्तै ५७ हबल्दार, ३१ असई, ३२ सई, १० प्रहरी निरीक्षक, ६ डिएसपी र तीन एसपी तथा दुर्इ एसएसपी रहेका छन्। केही कार्यालय सहयोगी कारवाहीमा परेका छन्।

यस मध्ये चार सई १४ हबल्लदार र ४० जना प्रहरी जवानलाई भने जागिरबाट नै हटाएका छन्। अन्यको भने ग्रेड घटुवा, पद बढुवामा रोक र अन्य समान्य कारबाही भएका हुन्। थाहाखबर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्