विद्युत सेवा साझ पाच बजे सम्म अबरुद्ध हुने



घोराही ९ असोज।

आज दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण घोराही शाखाले दिएको जानकारी अनुसार दाङको घोराही, पश्चिम दाङ ,सल्यान र रुकुममा आज दिन भर विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

लमही घोराही तुलसीपुर १३२ केभि र ३३ केभि सवस्टेशनसम्म १३२ केभि प्रसारण लाईनको तार तान्ने काम भईरहेको हुदा विद्युत सेवा अवरुद्ध गर्नुपरेको घोराही शाखाका प्रमुख मधुुसुधन यादबले जानकारी दिए।
उनका अनुसार विहान ८ वजेदेखी बेलुकी ५ वजेसम्म बिद्यतु आपुर्ति बन्द हुने भएको छ । निर्धारण गरेको समय भन्दा अगाडी नै काम सम्पन्न भएमा विद्युत सेवा सुरु गरिने जनाईएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्