वडा अध्यक्षद्धारा सर्वसाधारण माथी कुटपीट



सैघाली खबर
दाङ,श्रावण ६ । शान्तिनगर गाउँ पालिका वडा नंं. २ का अध्यक्ष फर्साराम डाँगीले एक सर्वसाधारण गाउँले माथि कुटपिट गरेका छन् । सोही ठाउँ निवासी अनन्त पुनलाई वडा कार्यालयमा बोलाएर कुटपिट गरेको पिडितले वताएका हुन । अनन्तका बुवा धनविर पुन संग केही दिन पहिले सोही ठाउँ निवासी रत्नबहादुर विष्ट र बहादुर विष्ट संग विवाद भएको बताउँदै आज झगडा मिलाउँने बाहनामा आफु माथी समेत कुटपिट गरेको अनन्तको भनाई छ । कुटपिट गर्ने विष्टका विरुद्ध ईलाका प्रहरी कार्यालयमा पञ्चकुलेमा जाहेरी दिएको वताएका थिए । प्रहरीलाई त्यो विषय आफै मिलाउँने भन्दै वडा अध्यक्ष फर्सारामले उक्त विषय वडा कार्यालयमा पठाउन निर्देशन गरेका थिए । पिडित पक्षले वडा कार्यालयमा उक्त विवाद नमिल्ने बताएपछि वडा अध्यक्ष डाँगी र अर्का भागीराम विष्टले पनि आफुमाथी कुटपिट गरेको पूनको भनाई छ । कुटपीटबाट आखाँ,टाउको मुख, र छातिमा गम्भिर चोट लागेको पुनको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्