सात नम्बर प्रदेशसभाको बैठक आज, प्रदेशको नाम के रहला ?



धनगढी। प्रदेश सातको प्रदेशसभाको बैठक आज बस्दै छ । विशेष सुझाव समितिले सभामुखलाई बुझाएको प्रतिवेदन बैठकमा पेश हुने छ। आजको प्रदेशसभा बैठकमा प्रतिवेदन पेश गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताए।

बैठक दिउँसो ३ बने बस्दैछ । भदौ ५ गते संसदीय समितीले सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन पेश गरेको थियो। प्रतिवेदन प्रदेश सभामा पेश भएको २४ घण्टापछि मात्र प्रदेश सभामा सुझावमाथिको छलफल शुरु हुने छ। यसअघि सोमवार सभामुख थापाले कर्मचारीसँग संसदीय समितीको सुझाव प्रदेश सभामा पेश गर्ने बिषयमा छलफल गरेका थिए।

प्रदेश सभाका सदस्यहरुले राजधानी र नामाङ्कनका लागि थप प्रस्ताव तथा संसोधन हाल्न पाउने छन। प्रदेश सभामा सहमती नभए प्रदेशको नाम र राजधानी बहुमतबाट टुङ्गो लाग्ने प्रावधान छ । यसैबीच, प्रदेशको नामका बारेमा बिभिन्न विकल्प अघि सारिए पनि सुदूरपश्चिम नै रहन सक्ने सम्भावना बलियो छ ।

प्रदेशको राजधानी भने अतरिया हुने देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्