तीन किलो सुनसहित २ जना पक्राउ



सैघाली खबर, ९ असोज ।

काठमाडौं प्रहरी परिसरले टोखाबाट ३ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुलाई सार्वजनिक गर्न प्रहरीले दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ । उनीहरूले त्यो सुन केरूङ नाकाबाट भित्र्याएको प्रहरीले जनाएको छ ।

परिसरका प्रमुख एसएसपी वसन्त लामाले सोमबार राति सुनसहित भरिया समातिएको पुष्टि गर्दै थप विवरण दिउँसो सार्वजनिक गरिने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्