कोशी, नारायणी र कर्णाली नदीमा जलमार्गको सम्भावना: ऊर्जामन्त्री



सैघाली खबर, ९ असोज ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालका प्रमुख नदीमा जलमार्गको सम्भावना देखिएको बताएका छन् । मंगलबार कृषि समितिमा जानकारी गराउँदै मन्त्री पुनले कोशी, नारायणी र कर्णाली नदीमा जलमार्गको सम्भावना रहेको अध्ययनले देखाएको जानकारी गराएका हुन् ।

‘सरकारको प्राथमिकतामा जलमार्ग पनि छ । कोशी, नारायणी र कर्णालीमा जलमार्गको सम्भावना छ,’ उनले भने, ‘विभिन्न अध्ययनले त्यो सम्भावना देखाएको छ र पूर्वाधार निर्माण सुरु भएका छन् ।’

अहिले कोशी र नारायणीमा जलमार्गका लागि भारततर्फ पूर्वाधार निर्माण सुरु भइसकेको जानकारी समेत दिए । ‘कोशी र नारायणीमा जलमार्ग निर्माणका लागि भारततर्फ पूर्वाधार निर्माण सुरु भइसकेका छन् । हाम्रोतर्फ पनि पूर्वाधार निर्माण सुरु गर्दैछौं,’ मन्त्री पुनले जानकारी दिए ।

जल सम्बन्ध बिस्तारका लागि भारतसँग विभिन्न चरणमा छलफल भएका थिए । केही समयअघि मात्रै भारततर्फ निर्माण भइरहेका पूर्वाधार निर्माणको अध्ययन गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्