मनोरञ्जन

यस्तो छ ‘जय भोले’को पोस्टर, प्रदर्शन मिति कहिले ?

By थाहा अनलाइन

September 25, 2018

सैघाली खबर, ९ असोज । फिल्म ‘जय भोले’को पोस्टर सार्वजनिक गर्दै औपचारिक रुपमा प्रदर्शन मिति तोकिएको छ । सार्वजनिक पोस्टरमा फिल्मको प्रदर्शन मिति फूलपाती अर्थात असोज ३० गतेलाई तोकिएको छ ।

सार्वजनिक पोस्टरमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामांग लक्ष्मी गिरी, शारदा गिरी लगाएत दर्जन कलाकार प्रस्तुत छन् । अशोक शर्माको निर्माण तथा निर्देशन रहेको फिल्म जय भोलेको गीत र ट्रेलर सार्वजनिक भैसकेका छन् ।

अशोक शर्माले प्रदर्शन मिति तोकेसँगै ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ को भिडन्त टुंगिएको छ । निर्माताद्वाय दीपकराज गिरी र अशोक शर्माले सहमती जुटाउँदै एक आपसमा नजुध्ने निर्णय गरेका हुन् । ‘छक्का पञ्जा ३’ लाई घटस्थापनामा साद्रै ‘जय भोले’ लाई फूलपातीमा रिलिज गरिएको हो ।