मुख्य समाचार

सैघा जोड्ने सडक मर्मत हुदै

By थाहा अनलाइन

September 25, 2018

रोम थापा मगर , सैघा, ९ असोज । घोराही उपमहानगर पालिका वडा नं १९ जोड्ने सडक मर्मत कार्य सुरु भएको छ । वडा कार्यालय सम्म पुग्नका लागि सडक विस्तारको काम भइरहेको वडा सदस्य जंग रोका मगरले बताउनुभयो ।

उप–महानगरपालिकाकै विकट वडाको रुपमा रहेको वडा नं १९ दशैतिहारमा परदेशबाट आउँने परदेशी तथा स्थानीयहरुलाई बजार आवतजावतमा सहज होस भनि बाटो मर्मत गर्न लागेको उहाँले वताउँनुभयो ।

सडक मर्मत कार्य वडा कार्यालय तथा विभिन्न टोल विकास संस्थाले सक्रियतामा सुरु भएको हो । वर्षातका कारण सडक जीर्ण भए पछि विपद व्यवस्थापन समितिले तत्काल सडक मर्मत गर्ने निर्णय गरेको थियो ।

वडा कार्यालय सम्म पुग्ने गरि सडक मर्मत कार्य जारि रहेको छ । दुईखोली , कटुवाखोला , बाम्लाखोला तथा मर्पेस भएर सञ्चालन रहेको सडक मर्मतका लागी जेसिवी सञ्चालन भइरहेको वडा कार्यालयले जनाएको छ । सडक मर्मतको कामले तिव्रता पाउदा स्थानीयहरु खुसी भएका छन ।