आर्थिक

रोटरीको सामाजिक कार्य – सहिद स्मृति विद्यालयको शौचालय निर्माण गरिदिने

By थाहा अनलाइन

September 25, 2018

 

 

दाङ, ९ असोज । सामाजिक कार्यमा सक्रिय रहँदै आएको रोटरी क्लव अफ दाङले सहिद स्मृति विद्यालय सहित दाङमा १२ वटा शौचालय निर्माणमा गरिदिने भएको छ । करिव ११ को लागतमा १२ वटा शौचालन निर्माण गर्न लागेको रोटरी क्लव अफ दाङका अध्यक्ष डा. निरञ्जन आचार्यले बताउनुभयो ।

जनयुद्ध कालमा विभिन्न स्थानमा भएका घटनामा मृत्यु गुमाएका सहिद परिवारका विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पु¥याउँने उद्देश्यले शौचालयको निर्माणको जिम्मा रोटरी क्लवले लिएको जानकारी दिनुभयो । विद्यार्थीहरुलाई सहज होस् भन्ने उद्देश्यले सहयोग गर्न लागेको रोटरी क्लव दाङका अध्यक्ष डा. निरञ्जन आचार्यले बताउनुभयो । यस कार्यमा रोेटरी क्लव पोखरा र रोटरी क्लव धनगढीले पनि सहयोग गरेको आचार्यले बताउनुभयो ।