जिल्लाको शान्ती सुरक्षाका लागिका प्रतिवद्ध छु ः प्रजिअ



शरद रेग्मी
तुलसीपुर,६ श्रावण ।
दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जिल्लाको सुरक्षा अवस्था मजवुत वनाई लैजान प्रतिवद्ध रहेको वताउनु भएको छ । जिल्लाको समग्र सुरक्षा अवस्थालाई मजवुत पार्न नागरिकको महत्वपुर्ण हात हुने भन्दै श्रेष्ठले सुचना दिन सवैमा आग्रह गर्नु भयो । रोटरि क्लब अफ तुलसीपुर सिटिको ४ सय ३० औ वैठकमा अतिथि बक्ताको रुपमा आउनु भएका प्रजिअ श्रेष्ठले त्यस्तो बताउनु भएको हो ।

श्रेष्ठले नागरिकहरुको सहभागिता बिना कुनै पनी काम सम्पन्न गर्न नसकिने भन्दै सवै जिम्मेवार भएर जिल्लाको बिकास तथा सुरक्षाका लागी सहयोगि वन्न पनि आग्रह गर्नुभयो । नागरिकहरुको कर्तव्य भनेको आफनो अधिकार लिने तथा राज्यलाई सहयोग गर्नु रहेको स्मरण गराउदै उहाँले आफनो जिम्मेवारिलाई कुशलता पुर्वक निर्वाह गर्नु सवैलाई आग्रह समेत गर्नुभयो । निजामति कर्मचारिहरुको दायित्व भनेको जनताको सेवा गर्नु रहेको भन्दै सवै कर्मचारिहरुलाई आफनो जिम्मेवारिमा बिचतिल नहुन समेत आग्रह गर्नुभयो । साथै सो अवसरमा बोल्दै श्रेष्ठले संघ संस्थाहरुले सेवा मुलक कार्य गरेर राज्यलाई सहयोग पु¥याएको भन्दै दुर दराजका जनतालाई लक्षित गरि काम गर्न क्लवका पदाधिकारिहरुलाई आग्रह पनी गर्नुभयो । क्लवका अध्यक्ष तुफान वावु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका श्रेष्ठले आफनो कार्यकालमा गरिने एक वर्षिय कार्ययोजना समेत प्रस्तुत गर्नु भएको थियो ।

वर्ष २०१७ मा शिक्षा , स्वास्थ्य र बातावरण संरक्षणका क्षेत्रमा क्लवले काम गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ । कार्यक्रमका मिशन नेपालको सल्लाहकारमा चयन हुनु भएका क्लबका उपाध्यक्ष शुरेस हमाल र तुलसीपुर नगर विकास समितिको अध्यक्षतमा नियुत्त हुनु भएका अर्का उपाध्यक्ष यज्ञ बहादुर केसीलाई सम्मान गरिएको थियो । कार्यक्रमका क्लवका पुर्व अध्यक्षहरु विमल रिजाल , कुशल तर्ताल , अनुप कुमार श्रेष्ठ , बिजय केसी , ललित बहादुर घर्ति लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रमको संचालन महासचिव हेमन्त डागिले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्