स्वास्थ्य संस्थाहरुमा फार्मेसिष्ट अनिवार्य



घोराही,  असोज
फार्मेसीष्ट बिना बिरामीलाई औषधी दिदा औषधी सेवन  सहिरुपमा हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल फार्मेसी संघ दाङले नवौँ अन्तर्राष्ट्रिय फार्मेसी दिवसको अवसरमा घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्ने सहभागीले यस्तो बताएका हुन् ।सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा फामेसिष्ट बिनै बिरामीलाई औषधी बितरण गर्ने गरिएको भन्दै सहभागीले प्रत्येक स्वास्थ्य संस्थाहरुमा फार्मेसिष्ट अनिवार्य हुनुपर्ने बताएका छन् ।   डाक्टरको काम औषधी लेख्ने भएको तर औषधीको सेवनबारे  फार्मेसिष्टले जानकारी दिने उनिहरुको भनाई छ स्वास्थ्य संस्थामा फार्मासिष्ट नहुँदा बिरामीले औषधीको सहि प्रयोग नगरेको  भन्दै उनिहरुले औषधीको खाने बिधि र प्रक्रिया फार्मासिष्टले मात्रै दिन सक्ने बताएका छन् । जहाँ औषधी त्यहाँ फर्मासिष्ट भन्ने नाराका साथ दाङ सहित देशभर नवौँ अन्तर्राष्ट्रिय फार्मेसी दिवस मनाईएको छ ।संघले राप्ती उपक्षेत्रिय अस्पतालमा पनि औषधी सेवन विधि र प्रक्रियाबारे कार्यक्रम गरेको छ । संघका दाङ अध्यक्ष सुलब अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव श्यामकुमार गिरीले गर्नुभएको थियो । दाङमा करिब ३५ जना फार्मासिष्ट रहेका छन् ।

 

सन् २००९ बाट सुरु भएको अन्तर्राष्ट्रिय फार्मेसी दिवस दाङमा पनि आज विभिन्न कार्यक्रम गरेर मनाईएको हो । नेपाल फार्मेसी संघ दाङले आज बिहान प्रभावफेरी पनि गरेको थियो । तुल्सीपुर चोकबाट शुरु भएको प्रभातफेरी हस्पिटलरोड, मेनरोड हुँदै फेरी तुलसीपुर चोकमा आएर कोण सभा पनि गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्