अपराध

चेकजाँच तीब्र पासविना सार्वजनिक विदामा चलाइने सरकारी गाडि नियन्त्रणमा लिन डिआइजी बस्नेतको निर्देशन

By थाहा अनलाइन

September 26, 2018

सागर थापा

दाङ १० असोज

५. नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुरले अब सार्वजनिक बिदाको दिन पनि सरकारी नम्बर प्लेटका सवारी साधनहरुमा कडा निगरानी गर्ने भएको छ । सरकारी कार्यालयका सवारी साधनहरु दुरुपयोग भएको भन्दै शनिबार र अन्य सार्वजनिक बिदाको दिनमा पनि सन्चालमा आएमा सरकारी नम्बर प्लेट सन्चालमा आएको गाडी तथा मोटरसाइकल हरुलाई नियन्त्रण कडा निगरानी एवं चेकजाँच तीब्र पारेको र प्रदेशको जिल्लाहरुमा ट्राफिक प्रमुख हरुलाई निर्देशन दिएको ५. नम्बर प्रदेश प्रहरी कार्यालयका प्रदेश प्रहरी प्रमुख शेर बहादुर बस्नेतले बताए ।

तर सुरक्षा कर्मीका गाडीहरु विद्युत नेपाल टेलिकम एम्बुलेन्स र अति आबस्यका सवारी साधन गाडीहरु बिदाको दिनमा चलाउन पाइने छ । यी बाहेक अन्य सरकारी कार्यालयका गाडी तथा मोटरसाइकल हरु बिदाको दिन चलाउनका लागि सम्बन्धित कार्यालयका कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालयबाट काम खुलाएको लिखित पत्र राख्ने गरि सवारी पास भए मात्र चलाउन पाउने बताए ।