समाचार

२२ वर्षीया किशोरी बलात्कृत

By थाहा अनलाइन

September 26, 2018

 

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकामा एकजना किशोरी बलात्कृत भएकी छिन् ।

पूर्वीचौकी गाउँपालिकामा बस्ने ३५ वर्षीय शिवबहादुर सुनारले अन्दाजी २२ वर्षीया किशोरीलाई बलात्कार गरेकोे जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धु्रव विष्टले जानकारी दिनुभयो ।

बलात्कार गर्ने सुनार विरुद्ध जबरजस्ती करणी मुद्दा चलाइएको र सुनारलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान अघि बढाइएको विष्टले बताउनुभयो ।