समाचार

बहुविवाह गर्ने जोडीलाई दुई वर्ष कैद

By थाहा अनलाइन

September 26, 2018

सल्यान : बहुविवाह गरी फरार एक जोडीलाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा साविक छायाँक्षेत्र गाविस–४ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–५ नयाँवसपार्क बस्दै आएका ४० वर्षीय चन्द्रबहादुर खड्का र सोही ठाउँकी ३५ वर्षीया पार्वती रावत रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरुलाई प्रहरीले जिल्ला अदालत बुझाएको हो। उनीहरुलाई २०६४ सालमा जिल्ला अदातल सल्यानले दुई वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो। जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। खडका दम्पत्तीलाई जिल्ला अदालत मार्फत कैद भुक्तानीका लागि जिल्ला कारागार सल्यानमा चलाउन गरिएको शाहीको भनाइ रहेको छ।