स्कुल बस दुर्घटना हुँदा घाईते भएका सबैको डिस्चार्ज



दिपक बोहरा,
तुलसीपुर
१० असोज।तुलसीपुरमा भएको स्कुल बस दुर्घटनामा परि घाईते भएका सबैको डिस्चार्ज भएको छ । सोमबार गार्खा स्कुल तुलसीपुरको बस दुर्घटना भई घाईते भएर नेपालजंग र घोराही रेफर गरिएका १२ जनाको डिस्चार्ज गरेर घर पुगिसकेको गोर्खा स्कुल तुलसीपुरका निमित्त कार्यकारी अधिकृत दुर्गा केसीले जानकारी दिएका छन।

दुर्घटनामा परि २७ जना घाईते भएका थिए । घाईते मध्य गाडि चालक सहित नेपालगंज रेफर गरिएका ७ र घोराही रेफर गरिएका ५ जनालाई डिस्चार्ज गरिएको केसीले जानकारी दिए । सामान्य घाईते भएकाहरुको सोमबार नै राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार पछि डिस्चार्ज गरिएको थियो ।

साथै घटना प्रति बिद्यालय निकै दुःखी भएको केसीले बताए । यस्ता गल्ती अञ्जानमा हुने भन्दै नआतिन तथा धैर्यधारण गर्न परिवारजनलाई आग्रह समेत गरे । आगामी दिनमा यस्ता गल्ती नदोहो¥याउन आफुहरु सचेत रहेको उनले बताए । साथै आगामी दिनमा यस्ता गल्तिबाट बच्नका लागि बिद्यालयले कुनै कसर बाँकी नराख्ने उनको भनाई थियो ।

तुलसीपुर–घोराहीसडक खण्ड अन्तर्गत तुलसीपुर ६ को मोतिपुरमा स्कुल बस दुर्घटना भएको थियो । स्कुलको रा १ त १९९ नम्बरको बस सोमबार साँझ पौने पाँचबजे तिर दुर्घटना भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्