पेट्रोलियम पदार्थको अभाव मेट्न प्रशासनको विशेष चाँसो



दाङ १० असोज

। दाङमा पेट्रोलियम पदार्थको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङले विशेष चाँसो देखाएको छ । केही दिन अघि चालकहरुको हड्तालका कारण दाङमा पेट्रोलियम पदार्थको आपूर्तीमा असहजता देखिएको थियो । यस विषयमा प्रमुख जिल्ला अधिकारीले आयल निगम नेपालगञ्जलाई विशेष रुपमा दाङको अवस्थाको बारेमा अवगत गराएपछि निगमले दाङमा पेट्रोल र डिजलको ट्यांकर पठाउने काममा तदारुकता देखाएको छ ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले कसैलाई पनि पेट्रोलियम पदार्थको अभाव नहोस् भनेर आफूहरुले निरन्तर आयल निगमलाई भनि रहेको र पम्पहरुमा पनि विशेष निगरानी बढाएको जानकारी दिनुभयो । यता इन्धन डिपो तुलसीपुरका प्रमुख सुजीत पोख्रेलले दाङमा आएको पेट्रोलियम पदार्थलाई आफूहरुले सबै ठाउँमा वितरण गरिरहेको जानकारी दिनुभयो । उहाँले दाङमा स्टोरेज गर्ने ठाउँ नभएकाले नेपालगञ्जबाट जति आउँछ, त्यति नै बितरण गर्दै आएको बताउनुभयो ।  उता आयल निगम नेपालगञ्जका प्रमुख अभिषेक ठाकुरले चालकहरुको आन्दोलनका कारण केही दिन यता इन्धन आपुर्ती गर्न समस्या सिर्जना भएपनि अबको एक दुईदिनमै दाङलगायतका ठाउँहरुमा पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज हुने जानकारी दिनुभयो ।

दाङमा दैनिक ६ ट्यांकर पेट्रोल र १५ ट्यांकरजति डिजल खपत भइरहेको छ ।पेट्रोलियम पदार्थको अभाव मेट्न प्रशासनको विशेष चाँसो दाङ । दाङमा पेट्रोलियम पदार्थको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङले विशेष चाँसो देखाएको छ । केही दिन अघि चालकहरुको हड्तालका कारण दाङमा पेट्रोलियम पदार्थको आपूर्तीमा असहजता देखिएको थियो । यस विषयमा प्रमुख जिल्ला अधिकारीले आयल निगम नेपालगञ्जलाई विशेष रुपमा दाङको अवस्थाको बारेमा अवगत गराएपछि निगमले दाङमा पेट्रोल र डिजलको ट्यांकर पठाउने काममा तदारुकता देखाएको छ ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले कसैलाई पनि पेट्रोलियम पदार्थको अभाव नहोस् भनेर आफूहरुले निरन्तर आयल निगमलाई भनि रहेको र पम्पहरुमा पनि विशेष निगरानी बढाएको जानकारी दिनुभयो । यता इन्धन डिपो तुलसीपुरका प्रमुख सुजीत पोख्रेलले दाङमा आएको पेट्रोलियम पदार्थलाई आफूहरुले सबै ठाउँमा वितरण गरिरहेको जानकारी दिनुभयो । उहाँले दाङमा स्टोरेज गर्ने ठाउँ नभएकाले नेपालगञ्जबाट जति आउँछ, त्यति नै बितरण गर्दै आएको बताउनुभयो ।  उता आयल निगम नेपालगञ्जका प्रमुख अभिषेक ठाकुरले चालकहरुको आन्दोलनका कारण केही दिन यता इन्धन आपुर्ती गर्न समस्या सिर्जना भएपनि अबको एक दुईदिनमै दाङलगायतका ठाउँहरुमा पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज हुने जानकारी दिनुभयो ।

दाङमा दैनिक ६ ट्यांकर पेट्रोल र १५ ट्यांकरजति डिजल खपत भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्