कथा काठमाण्डौको प्रतिक्षामा दर्शकहरु, कति वटा हलमा लाग्ने भयो चलचित्र ?



सैघाली खबर, १० असोज ।
यस बर्षको बहुप्रतिक्षित चलचित्र मध्येको एक हो, कथा काठमाण्डौँ । असोज १२ अर्थात सेप्टेम्वर २८ बाट एकै साथ देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रमा समावेश गीतको भिडियो र टे«लरले गर्दा पनि दर्शकहरु प्रदर्शनको पर्खाईमा छन् ।

नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरी बिचको फिचरीङलाई दर्शकहरुले अति नै चाँसो दिएका छन्, यस कारण पनि चलचित्र कथा काठमाण्डौँ प्रतिक्षित चलचित्र मध्यको एक हो । काठमाण्डौँ भित्र रहेको यथार्थतालाई चलचित्रको माध्यमबाट बाहिर ल्याउने कोशिस गरेको लेखक तथा निर्देशक संगिता श्रेष्ठले बताएकि छिन् ।

लस्ट, लभ र लाईफ गरी तीन वटा स्टोरीमा तयार पारिएको चलचित्र शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको हो । निर्माता विजय राईका अनुसार यस चलचित्रमा प्रियंका र प्रमोद लस्ट, संजोग कोईराला र सन्ध्या केसी लभ र आयुषमान देशराज र प्रेक्षा अधिकारीलाई लाईफको क्यारेक्टरमा देख्न सकिने छ । मोफसलका ४१ र काठमाण्डौका १६ वटा हलहरुमा प्रदर्शन हुन लागेको चलचित्र कथा काठमाण्डौकोलागि बुकिङ खुल्ला भईसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्