भारतिय प्रहरीद्वारा जबर्जस्ती नेपाली नागरीकलाई अपहरणको शैलीमा भारत



भारतिय प्रहरीद्वारा नेपाली भुमीमा आएर जबर्जस्ती नेपाली नागरीकलाई अपहरणको शैलीमा भारत पुर्याइयो ५ नंबर प्रदेश बर्दिया । नेपाली भुमीबाट ४ जना नेपालीलाई जबरजस्ती भारत लगीएको छ । बर्दिया जिल्लाका नेपालीहरुरुलाई भारतीय प्रहरीका सिभिलमा आएका प्रहरीले पक्राउ गरेको छ ।

हाल उनिहरुलाई लौकाही सिमा नजिक पर्ने भारतिय सिमा नजिकको प्रहरी कार्यालयमा राखिएको प्रहरी स्रोतले जनाएको छ । बर्दियाको गणेश्पुर प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बर्दिया जिल्ला गुलरिया नगरपालीका बस्ने ९ जना नेपाली नागरिक हरु मध्यमा ४ जनालाई भारत लगीएको छ ।

त्यस्तै ५ जना भाग्न सफल भएको र १ जना प्रहरीको सम्पर्कमा आइपुगेको प्रहरीले जनाएको छ । प्रहरी सम्पर्कमा आइपुगेका युवकको नाम रबिन गुरुङ रहेको खुल्न आएको छ । घटना करीब ६ बजे घटेको थियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्