साढे ३३ केजी सुन प्रकरण -पूर्व डिआइजी गोविन्द निरौलालाई छाड्न अदालतकाे आदेश



विराटनगर (।साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको मुद्दामा उच्च अदालत विराटनगरले पूर्व डिआइजी गोविन्द प्रसाद निरौलालाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।

विहीवार उच्च अदालत विराटनगरका न्यायाधीश शारङ्गा सुवेदी र जनक पाण्डेको संयुक्त इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै निरौलालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो।

जिल्ला अदालतको आदेश रितपूर्वक नदेखिदा केसीलाई साधरण तारेखमा राखि मुद्दाको कारवाही अगाडी बढाउन आदेश दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी राजकुमार दाहालले जानकारी दिए।

मुलुकी ऐन अदालती बन्दोवस्तीको ४७ नम्बर बमोजिम साधारण तारेखमा छाड्न आदेश दिइएको उनले बताए। निरौलाले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै सादा तारेखमा छाड्न माग राख्दै असार ७ गते निवेदन दिएका थिए।

यसअघि उच्च अदालतले प्रहरीका उच्च अधिकारीहरू एसएसपी दिवेश लोहनी, एसएसपी विकासराज खनाल, डिसएपी प्रजित केसीलाई साधारण तारेखमा छोड्न आदेश दिइसकेको छ।

यस्तै डिएसपी सन्जय राउत , तुलाराम थारु र लाक्पा शेर्पा, टेकराज मल्ल, राजनकुमार, महाबिर गोल्यान, सम्बिरप्रसाद तोलांगे, लुलाराम थारु, पुण्यप्रसाद लामा, हेमन्त गौतम, राजन थापाका सम्बन्धमा जिल्लाकै आदेश सदर गरी थुनामै राख्न अदालतले आदेश दिइसकेको छ।

प्रहरी जवान बिष्णुबहादुर खड्का र प्रहरी हवल्दार अम्मरबहादुर थापालाई भने जिल्लाको आदेश रितपूर्वक नदेखिएको भन्दै थुनामा राख्न उच्च अदालले आदेश दिएको थियो। जिल्ला अदालतले विष्णुबहादुर खड्कालाई धरौटी र अम्बरबहादुर थापालाई साधारण तारेखमा राख्न आदेश दिएको थियो।
बिनोद सुबेदी ,नागरीक

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्