कपुरकोटका विद्यालयमा पुस्तकालय



सल्यान १२, असोज ।  सल्यानको कपुरकोट गाउँपालिकामा छ विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यालयमा साक्षरता कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले बिहीबार कालिका मावि कपुरकोटमा पुस्तकालयको उद्घाटन गर्दै गाउँपालिकाका सबै विद्यालयममा क्रमिक रुपमा पुस्तकालय स्थापना गरिने जानकारी दिनुभयो । पुस्तकालयले विद्यार्थीलाई बाहिरी ज्ञानसमेत दिने भएकोले सबै विद्यालयमा स्थापना गर्न आवश्यक भएको बताउनुभयो ।

गाउँपालिकाले स्थापना भएका पुस्तकालयमा पुस्तकको सङ्ख्या थप्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कपुरकोट गाउँपालिकाको समन्वयमा दलित विकास समाज सल्यानले सञ्चालन गरिरहेको साक्षरता कार्यक्रमअन्तर्गत विद्यालयमा पुस्तकालय स्थापना गरिएको जिल्ला संयोजक टेकराज शाहीले जानकारी दिनुभयो । –रासस 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्