विवाह गराई पाऊँ भन्दै अदालत पुगे जोडी



सोलुखुम्बु : जिल्ला अदालत सोलुखुम्बुमा पहिलोपटक विदेशी र नेपाली नागरिक विवाहका लागि आएका छन्। विदेशी पुरुष र नेपाली महिलाले विवाह गराई पाऊँ भनी बिहीबार पहिलोपटक निवेदन आएको न्यायाधीश नारायाणप्रसाद सुवेदीले जानकारी दिए।

जिल्लाको सोलु दुधकुण्ड नगरपालिका फेराकी लमु शेर्पा र अमेरिकाका भुटानी शरणार्थी मंगल सिंह तामाङ विवाह गराई पाऊँ भनी आएको जिल्ला अदालत सोलुखुम्बुले जानाएको छ।

नेपाली पुरुषसँग विदेशी महिलाको विवाह हुने भए सजिलो हुन्थ्यो, न्यायाधीश नारायणप्रसाद सुबेदीले भने, ‘पुरुष विदेशी भएपछि अलि जटिल भयो।’ नेपालको नयाँ मुलुकी देवानी सहिंतामा विदेशी नागरिकसँग बिहे गर्दा उसको देशको विवाहसम्बन्धी कानुनको अनुवादित प्रति ल्याउनुपर्ने व्यस्था गरिएको छ।

न्यायाधीश सुवेदीले भने, ‘सोहीअनुसार सबै प्रमाण ल्याउन भनिएको छ।’ उनले भने, ‘अदालतले प्रमाण हेर्ने हो कानुनमा भए बमोजिमको प्रमाणहरू ल्याएमा अदालती विवाह हुन्छ।’ यसअघि यस्तो प्रकृतिको विवाह जिल्ला प्रशासन कार्यालयबाट हुने गर्थ्याे भने नयाँ मुलुकी देवानी सहिंताले अदालतलाई जिम्मा दिएको छ।
thahakhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्