रेखाको ‘मालिका’, यस्तो छ ट्रेलर (भिडियो)



सैघाली खबर, १३ असोज ।
रेखा फिल्मसको पछिल्लो फिल्म ‘मालिका’को ट्रेलर सार्वजनिक गरिएको छ । कार्तिक १६ गतेलाई प्रदर्शन मिति तय गर्दै शुक्रबार मालिकाको ट्रेलर सार्वजनिक गरिएको हो । सामाजिक रुपान्तरण र मुलुकको समसामयिक चासोको मुद्दा उठाइएको ‘मालिका’ लाई रेखा थापा आफैंले निर्देशन गरेकी छन् ।

फिल्ममा उनलाई जाजरकोटकी कमला ओलीले साथ दिएकी छन् । जाजरकोटकी कमला फिल्म क्षेत्रमा नजोडिएकी र फिल्मप्रति अनविज्ञ किशोरी हुन् । गहन विषयको मालिका ट्रेलरमा दमदार डायल छन् । आफन्त तीन होइनन् जो तिमी रोएको बेला आउँछन्, आफन्त ती हुन् जसले तिमीलाई रुन दिदैनन्, डरको आँखामा यसरी आँखामा आँखा जुधाएर हेर ताकि डरपनि तिमीसँग डराएर हेरोस् जस्ता संवाद वजनदार लाग्छन् ।

रेखा फिल्मसले यस अघि एसिड आतंक बिरुद्द ’रुद्रप्रिया’, अपाङ्गताको बिषयमा ’हिम्मतवाली’, श्रमिक महिलाको बिषयमा ’रामप्यारी’ व्यावसायिक क्षेत्रमा महिला माथिजस्ता बिषय हुने असमानता र आत्मासम्मान बारे ’काली’ बनाएकी रेखाले यसपाली अझ गहन विषयमा मालिका बनाएको अड्कल काट्न सकिन्छ । छोरीको निम्ती स्वर्णिम नेपाल महा अभियानको अभीयन्ता पनि रहेकी रेखा थापा र अभियान्ता नर बहादुर कार्कीको दाबी छ, ‘मालिका एउटा फिल्म मात्रा होइन, यो एउटा अत्यावश्यक अभियानको हिस्सा पनि हो ।’ ’तिमी भित्र पनि एउटा नायक छ’ भन्ने नारा रहेको मालिका फिल्मले देश भरिका छोरी हरुमा एउटा जागरण ल्याउने रेखा र नर बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्