समाचार

ट्याक्टरबाट खसेर मृत्यु

By थाहा अनलाइन

September 29, 2018

ओखलढुंगा : ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मानेभञ्ज्याङ गाउँपालिका-१ मोलीमा ट्याकटरलेबाट खसेर दशरथ राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

को २ त ४६८० नम्बरको ट्याकटरबाट शुक्रबार राती १० बजेतिर खसेका राईको घटनास्थलमै मृत्यु भएको हो।

ओखलढुंगाबाट मोलीको सिँचाइ कुलोको सामान लिएर गएको ट्याक्टरमा सामान अनलोड गर्न चडेका राईको ट्याक्टरबाट खसेर बीचको टायरमा चेपिँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटनापछि ड्राइभर सम्पर्कविहीन भएको र उनको खोजी भइरहेको ओखलढुंगा प्रहरीले जनाएको छ।