प्रधानमन्त्री ओलीद्वारा नेपाली स्थायी नियोग निरीक्षण



न्यूयोर्क, १३ असोज . प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगको निरीक्षण गर्नुभयो ।

प्रधानमन्त्री ओलीलाई नियोगका काम कारवाहीका विषयमा कार्यवाहक प्रमुख निर्मलराज काफ्ले तथा अन्य कर्मचारीले जानकारी दिनुभएको थियो ।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नियोगका कर्मचारीलाई मुलुकको छवि अन्तर्राष्ट्रिय जगतमा उजिल्याउने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले नेपालको आफ्नै शान्ति प्रक्रियाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिन पनि आग्रह गर्नुभयो ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीका साथमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु रहनुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्