देबिप्रसाद धिताल हेमराज हत्याकाण्ड र बिशेष सुरक्षाका बारेमा अन्तरक्र्रिया कार्यक्रम तुलसीपुरमा सुरु



दाङ ,७ साउन,।

सुशिल बस्नेत-

देविप्रसाद धिताल हेमराज प्रतिष्ठानले आज शनिबार सञ्चार उद्यमी स्वर्गीय देबिप्रसाद धिताल हेमराज हत्याकाण्ड र बिशेष सुरक्षाका बारेमा अन्तरक्र्रिया कार्यक्रम तुलसीपुरमा सुरु भएको छ ।

प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद रजौरीयाको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठको प्रमुख आतीथ्यतामा जारी कार्यक्रममा   असार १४ गतेको स्थानिय तहको निर्वाचनमा सुरक्षार्थ खटिएका तत्कालीन प्रहरी हवल्दार दुर्गा बहादुर रानालाईसम्मान गरीएको छ ।

अज्ञात समुहले फालेको बम टिपेर सुरक्षीत स्थानमा ब्यबस्थापन गरि जनजिवनलाई सुरक्षीत राख्न सफल हालै बिहीबार प्रहरी सहायक निरिक्षकमा बढुवा भएका रानालाई सम्मान गरीएको हो ।

त्यस्तै पत्रकार लिला शाह,मानव अधिकारकर्मी, तेजबहादुर काकी, यातायात ब्यबसायी तेजमनी आचार्य र यातायात मजुदर निमबहादुर डाँगीलाइ पनी सम्मान गरीएको छ ।

२०६७ साल साउन ६ गते अपरान्ह् साँडे ५ बजेतिर तुलसीपुर सीतलपुर सडक खण्ड अन्तर्गत हेमनगरको मुख्य रोडमा एक समुहले गोलि प्रहार गरि धितालको हत्या गरेको थियो ।

हत्या भएको ७ बर्ष पुगि सक्दा समेत हत्याराको पहिचान गर्न प्रहरीले सकेको छैन् । सञ्चार उद्यमी धिताल हत्या घटनाका सम्बन्धमा राष्ट्रिय मात्र होईन अन्तराष्ट्रिय स्तरमा पनि चासोका साथ हेरिएको छ । बिभिन्न पक्षबाट दवावमूलक कार्यक्रम गरि हत्याराको पहिचान गरि हदैसम्मको कारर्बाहीको माग गरिएको थियो ।

तथापी प्रहरीले कुनैपनि सफलता हासील भने अझै गर्न सकेको छैन । प्रहरीको उच्च अधिकारीको नेतृत्वमा छानविन समिति पनि गठन गरिएको थियो ।

त्यसले तयार पारेको प्रतिबेदन,उसको सफलता र अबरोधका बारेमा अझै पनि केही खुल्न नसक्दा आम नागरिकले चासोका साथ हेरेका   छन् ।

दाङमा बिभिन्न समयमा भएका हत्या र अपहरणका घटनाका कारण यसक्षेत्र सुरक्षा संबेदनशीलको रुपमा चर्चा हुने गरेको छ । जागेश्वर डाँगी (जेडि)हत्याकाण्ड,रत्न वली,राजकुमार श्रेष्ठ,रणबहादुर घर्ती लगायतका ब्यबसायीहरुको श्रृखलाबद्ध हत्या तथा रहस्यमय मृत्यु हुनु सुरक्षाको द्धष्टीकोणले तुलसीपुर क्षेत्र चिन्ताको बिषय बनेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्