रोटरी कल्व र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान आयोजना स्वास्थ्य शिबिर हुने



दाङ १३ असोज ।  रोटरी क्लव अफ दाङको २ सय ८३ औँ बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको बृहत स्वास्थ्य शिबिरमा सह आयोजककारुपमा सहयोगी भूमिका निभाउने निर्णय गरेको छ ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही असोज २० र २१ गते आयोजना गरेको बृहत बिषेशज्ञ चिकित्सकहरु सहितको स्वास्थ्य शिविरमा रोटरीयन डा. चेतनारायण पाण्डेयको नेतृत्वमा उपचार सँगै अन्य सहयोगहरु उपलब्ध गराउने निर्णय गरेको हो ।

क्लवका अध्यक्ष डा. निरन्जन आचार्यको अध्यक्षतामा बसेको बैठकले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बनकट्टीमा रहेको शहिद स्मृती आवासिय माध्यामिक विद्यालयमा बनाउन लागेको १२ कोठे बाथरुमको कामलाई तिब्र गतिमा अघि बढाउने समेत निर्णग गरेको छ ।

यसैगरी घोराही उपमहानगरपालिका १८ गिठेपानीमा रहेमो प्राबि गिठेपानीलाई फिल्टर सहयोग गर्ने निर्णय भएको कार्यक्रम संयोजक प्रदिप सुबेदीले जानकारी दिनुभयो । साथै रोटरी क्लव अफ दाङले घोराही लमही सडक खण्डको घोराही क्षेत्र प्रबेश स्थल, घोराही तुलसीपुर सडक खण्डको हापुर खोला र घोराही होलेरी सडक खण्डको सिमानामा स्वागत लेखिएको क्लवको बोर्ड राख्ने निर्णय भएको क्लवका महासचिब राजिव उल्लाह खानले जानकारी दिएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्