अखिल छैठौं दाङको अध्यक्ष बेल्बासे



दाङ,१३ असोज ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन छैठौं दाङको १५ औ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलन ले धुर्ब बेल्बासेको अध्यक्षतामा १७ पुर्ण ४ बैकल्पिक र २ सल्लाहकार गारी २३ जनाको जिल्ला समिति निर्बाचित गरेको छ । जसको उपाध्यक्ष सरिता पुन सचिब राजकुमार बि क सह सचीव राजकुमारि चौधरी कोषाध्यक्ष सृजना पन्थी सदस्यहरुमा श्रमिला चौधरी ,सीता बि क , सुस्मा चौधरी , सपना बेल्बासे, लक्ष्मण बि क, दिनेस रैदास, अनिसा पोख्रेल , युजना आचार्य , मधुकर पुन, पुरुषोत्तम शर्मा , बिजय जि एम , मिरन पौडेल , गौतम चौधरी , आसा पौडेल , बबिता पोख्रेल र तृसन के सि सल्लाहकारमा वसन्त आचार्य र राजेन्द्र चौधरी रहनु भएको छ ।

 

 

वसन्त आचार्य को अध्यक्षतामा भएको कार्यक्रम का प्रमुख अथिती युनियन का केन्द्रिय सदस्य गोपाल भट्टराई ले मैनबत्ति बालेर सम्मेलनको उदघाटन गर्नु भएको थियोे । सम्मेलन लाई राष्ट्रिय जनमोर्चा का जिल्ला अध्यक्ष तथा युनियन का पुर्ब केन्द्रिय सचिब कार्यक्रम का विशिष्ट अथिती गणेश आचार्य, अखिल नेपाल युबक संघ का पुर्ब केन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चा प्रदेश समिती सदस्य रेशम बि सि प्रगतिशील लेखक संघ का केन्द्रिय सदस्य यज्ञ बहादुर डागी, अखिल नेपाल युबक संघ का जिल्ला अध्यक्ष चित्र एम सि, घोराही नगर अध्यक्ष डोर बहादुर के सि, अखिल छैठौं केन्द्रिय सदस्य राजेन्द्र चौधरी प्रदेश समिती सह सचिब खगेन्द्रा बिस्ट लगायत ले सुभकामना मन्तब्य राख्नु भएको थियो । सरिता पुनको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन धुर्ब बेल्बासेले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्