रञ्जु दर्शनाको प्रश्न, सरकार कहिलेसम्म हाम्रा नानीलाई घरभित्र थुनेर राखौ ?



सैघाली खबर, १४ असोज ।
पछिल्लो समय देशमा बलात्कार, एसिड आक्रमण र महिला हिँसाको घटना बढ्दै गएका छन्। हरेक क्षेत्रका व्यक्ती आफ्नो हिसाबले यसको विरोधमा आवाज उठाईरहेका छन् । मौन आन्दोलन देखि विरोधका चर्को स्वर सुनिदै आएका छन्।

यहि बिचमा राजधानिमा भएको आन्दोलनका क्रममा रञ्जु दर्शनाले यो आन्दोलन केहि दिन मात्र नभएर महिनौ सम्म चल्ने बताएकि छिन् । जव सम्म नागरिकहरुले सुरक्षाको अनुभुति गर्न पाउदैनन र दोषिहरुलाई कडा भन्दा कडा सजाए दिईदैन तव सम्म आन्दोलन जारि रहने दर्शनाको भनाई छ ।

यसैबिच दर्शनाले सरकारलाई कहिले सम्म हाम्रा नानीवावुहरुलाई घरभित्रै थुनेर राख्नुपर्ने ? भन्दै प्रश्न गरेकि छिन् । हामि र हाम्रा नानिहरुलाई निर्धक्कका साथ हिडडुल गर्न पाउने खालको वातावरण बनाईदिन पनि उनले आग्रह गरेकि छिन् । साथै यसको लागि गाँउगाँउमा पुलिसका गस्तिहरु पठाउनुपर्ने, आमा समुहसंग छलफल गर्नुपर्ने लगाएतका सुझाव पनि उनले सरकारलाई दिएकि छिन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्