मुख्य समाचार

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउनु पर्नै प्रस्ताव -प्रचण्ड

By थाहा अनलाइन

July 22, 2017

,सैघाली खबर । काठमाडौं,७ साउन, । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउने प्रस्ताव पार्टी बैठकमा राखेका छन् ।

केन्द्रीय समिति बैठकमा चुनावी समिक्षाका क्रममा प्रचण्डले अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि दलहरुसँग सम्वाद गर्ने बताए । साथै उनले दलहरुले पाएको मतका आधारमा राज्यले निश्चित चुनाव गर्न दिने गरी ऐन कानुन बनाउन पहल गर्ने समेत बताएका हुन।

दुबै संविधानसभा चुनावमा माओवादीले प्रत्यष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा लिएको थियो । तर, संविधान निर्माणका क्रममा संसदबाट निर्वाचित प्रधानमन्त्रीय पद्धतिमा सहमति गरेको थियो ।

बैठकमा प्रचण्डले सबै माओवादीहरुलाई पार्टी एकतामा आउन अपील गर्ने प्रस्ताव पनि राखेका छन् ।