मनोरञ्जन

मनिषा कोईराला र केकी अधिकारी एकसाथ

By थाहा अनलाइन

September 30, 2018

सैघाली खबर, १४ असोज । बलिउड चलचित्रमा ९० को दशकमा आफ्नो बलियो प्रभुत्व जमाउन सफल अभिनेत्री हुन् मनिषा कोईराला। उनको काम, सुन्दरता हरेक कुराले बलिउडमा राम्रो चर्चा पायो। नेपाली चेलीले बलिउडमा राम्रै प्रभुत्व जमाइन्। नेपालमा अभिनयको लागि अब्बल मानिएकी अभिनेत्री हुन्, केकी अधिकारी।

उनको अभिनयको चर्चा नेपाली सिनेवृतमा निकै राम्रो रहेको छ। यिनै दुई पर्दामा एकसाथ देखिने भएका छन्। ‘एनआईसी एसिया’ बैंकको महिला केन्द्रित विज्ञापनमा यी दुई साथ देखिन लागेका हुन्। मनिषा कोईराला बैंककी ब्राण्ड एम्बासेडर हुन् भने केकी ब्राण्ड प्रमोटर हुन्। केकीले समाजिक संजालमा मनिषा संग काम गर्दा निकै सौभाग्यशाली महसुस भएकी बताएकी छिन्।

उनि भन्छिन्,’ मनिषा संग एउटा फ्रेम शेयर गर्नु मेरा लागी अझै अविश्वसनीय रहेको छ। अनिल कपुर संग पर्दामा देख्दा जस्तो महसुस गरेको थिए आज आखा अगाडी देख्दा सोहि महसुस गरे।’