झुक्दै छिन् रविना, अन्ततः गल्ति स्विकादै मिल्न सहमत भईन् (भिडियो)



सैघाली खबर, १४ असोज ।
असम्भव कुराहरु पनि जिवनमा सम्भब रहेको भन्दै रविना वादी आफ्ना दोस्रो पति श्यामलाल ओलीसंग मिल्न सहमत भएकि छिन् । कुनै समय श्यामलाल सतप्रतिस गलत भएको भन्दै मिडियाको साहरा लिएर पतीलाई नै दोषि देखाउदै हिड्ने रविना अहिले श्रीमानसंग मिल्न सहमत भएकि छिन् । सुत्केरी अवस्थामा श्रीमान आफुलाई छोडेर वेपत्ता भएको र बच्चा वेच्ने सम्मको कुराहरु श्रीमान र उनका पक्षबाट भएको भन्दै रविना आक्रोशित भएकि थिईन् । कुनै पनि हालतमा आफु श्रीमानसंग मिल्न असम्भव भएको कुरा रविनाले यस अघि बोल्दै आएकि थिईन् ।

जिल्ला प्रहरी कार्यालय वर्दियामा भएको छलफलका क्रममा पनि रविना निकै आक्रोशित मुद्रामा देखिन्थिन् । त्यतिबेला पनि उनले कुनै पनि हालतमा आफु श्रीमानसंग बस्न सहमत नभएको भन्दै छोराको औषधि उपचार, जन्मदर्ता लगाएतका माग राख्दै डिभोर्स चाहिएको बताएकि थिईन् । सधै रविनाका कुरा सुन्दै आएको मिडियाले वर्दियामा भएको छलफलका क्रममा उनका श्रीमानले बोलेको कुराहरुलाई पनि स्थान दिन खोज्यो । त्यस क्रममा उनका पती श्यामलालले यो भन्दा अगाडि रविनाले जे जति कुरा मिडियामा बोलेकि थिईन् त्यो सबै झुठो भएको भन्दै आफ्ना दुखेसोहरु सुनाएका थिए ।

जव श्रीमानले बोलेको यि कुराहरु सैघाली खबरले बाहिर ल्यायो, त्यसपछि रविना बादी हाम्रो यस मिडियालाई पुर्ण रुपले वदनाम गर्ने नियतले अगाडि बढिन् । यहाँ सम्मकि छलफलका क्रममा लिएका फुटेजहरुलाई उनले लुकेर खिचेको भन्ने सम्मको आरोप लगाईन् । अन्य मिडियाहरुमा गएर रविनाले सैघाली खबरलाई वदनाम गर्ने नियतले अन्तर्वाता दिईन् र दिईरहेकि पनि छिन् ।

मिडियाहरुले पनि एकोहोरो रविनाकै कुरा सुन्यो र उनकै पक्षमा उभियो । न त मिडियाले वास्तविकता के हो भनेर सैघाली खबरसंग बुझ्न खोज्यो न त उनका श्रीमानलाई नै उपस्थित गराउन सक्यो । बरु रविनासंग भएका व्यक्तिगत फोनवार्ताहरुलाई सार्वजनिक गरेर मिडियाकै वदनाम गर्ने नियतिले केहि मिडियाहरु लागे । रविनाले पनि मिडियाकर्मिलाई फोन गरेर मिडियाको नाममा सुसाईड नोट लेखेर मर्ने धम्कि दिन पछि परिनन् ।

हामि फेरी पनि भन्छौ श्यामलाले बोलेको कुरा हामिले लुकेर खिचेका होईनौ । त्यसैले रविना मिडियाप्रति आक्रोशित हुनै पर्दैन । हामिले रविनालाई यो भन्दा अघिल्ला दिनहरुमा पुर्ण रुपमा साथ दिएकै हो । उनका सबै कुराहरु सुनेकै हो । जिप्रका वर्दियामा रविनाका वुवा आमा, अधिकारकर्मि सबैको कुरा पनि हामिले सुनेकै हो । जुन भिडियो हाम्रो च्यानलमा अहिलेपनि हेर्न सक्नुहुन्छ ।

तर पछिल्लो समय रविनाले आफुहरु मिल्न लागेको कुरा सार्वजनिक गरेकि छिन् । यति भनिरहदा दोषी श्यामलाल मात्र होईनन्, श्यामलालको भन्दा बढी दोषी आफु रहेको रविनाले स्वीकारेकी छिन । त्यसैले त उनि आफैले भनेकि छिन्, कुनै समय श्यामलाल ओलीको एक सय प्रतिसत गल्ति थियो तर अहिले म दुई सय प्रतिशत गलत छु ।

हो, यति भनिरहदा प्रतक्ष्य अप्रत्यक्ष्य जे भएपनि सैघाली खवरले रविनलाई मिलाउनमा सहयोग गरेकै हो । यदि उनका पतिले बोलेका कुरा बाहिर आउदैनथ्यो र दर्शकहरुले बिभिन्न खाले प्रतिक्रिया दिदैनथे भने रविना मिल्ने कुरा सम्भव÷असम्भव भन्न सकिदैनथ्यो । रविनाले हामिलाई जति सुकै दोष दिदै हिडेपनि हामि सधै रविनाको पक्षमा छौ । रविना र उनका पती मिलेको देख्न चाहान्छौ । उनिहरु बिचमा जे जती मतभेद भयो त्यो अन्त्य होस् र खुशी अनि सुखि जिवन बिताउन् रविनाको जोडिलाई हाम्रो शुभकामना ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्