मुख्य समाचार

चुनावी तयारीका लागि आयोगले दिएको समयसीमा नाघ्दै

By थाहा अनलाइन

July 23, 2017

सैघाली खबर साउन ८, २०७४ काठमाडौं

 

 

प्रदेश र प्रतिनिधिसभा चुनावका पूर्वाधार तयारीका लागि दिइएको समयसीमा नाघ्न लागेकोमा निर्वाचन आयोगका पदाधिकारी चिन्तित देखिएका छन्। । निर्वाचन तयारीबारे सरकारले आवश्यक तयारीमा अलमल गरेको गुनासो प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको रहेको छ। आयोग पदाधिकारीले स्थानीय तहको दोस्रो चरणको निर्वाचन सकिएलगत्तै असार १६ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक कानुन, क्षेत्र निर्धारण प्रतिवेदन र यथाशीघ्र तिथि घोषणा गर्न आग्रह गरेका थिए । प्रमुख निर्वाचन आयुक्त यादवले सरकारलाई आयोगले समयसीमा तोकेरै निर्वाचनलाई आवश्यक पूर्वाधारको माग गरेको बताए । ुसरकारले केही गर्न खोजेको देखिएको छ। तर, हामीले दिएको समयसीमा नाघ्न थालेको छ,उनले भने, ुकानुनको उपलब्धता र निर्वाचन मिति यथाशीघ्र घोषणा भइदिए कामले तीव्रता पाउँथ्यो ।उनले आयोगका तर्फबाट गर्नुपर्ने तयारीमा कुनै कमी नरहेको दाबी गरे।