मुख्य समाचार

दोस्रो चरणको स्थानीय निर्वाचनमा करिब छ हजार युवा निर्वाचित

By थाहा अनलाइन

July 23, 2017

सैघाली खबर साउन ८, काठमाडौं 

 

स्थानीय तहको दोस्रो चरणअन्तर्गत तीन सय २९ तहको निर्वाचनमा पाँच हजार नौ सय ३८ युवा प्रतिनिधि निर्वाचित भएका छन्। तीन सय ३४ मध्ये निर्वाचन आयोगमा हालसम्म पाँच स्थानीय तहको तथ्यांक आइसकेको छैन। दोस्रो चरणअन्तर्गत १, ५ र ७ नम्बर प्रदेशका तीन सय २९ तहमा १४ हजार आठ २४ जना निर्वाचत भएका छन्। निर्वाचित युवा जनप्रतिनिधिमा महिला र दलित महिला सदस्य बढी छन् । वडाध्यक्षमा निर्वाचित दुई हजार आठ सय ३८ मध्ये आठ सय ६८ मात्रै युवा उमेर समूहका छन्। तीन सय ३४ स्थानीय तहका लागि निर्वाचित १५ हजार ६८ जनप्रतिनिधिका लागि करिब ६४ हजारले प्रतिस्पर्धा गरेका थिए। महिला सदस्य बढी खुला महिला सदस्यमा निर्वाचित जनप्रतिनिधि अधिकांश युवा छन्। २१ देखि ४० वर्ष उमेर समूहका एक हजार तीन सय ७९ महिला सदस्य निर्वाचित भएका हुन्। अन्य उमेर समूहमध्ये युवा उमेरमा निर्वाचित यो संख्या सबैभन्दा बढी हो। महिला सदस्यमा ४१ देखि ६० वर्ष उमेर समूहका एक हजार तीन सय ४९ जना निर्वाचित भएका छन्।