भीरबाट लडेर वृद्धको मृत्यु



गुल्मी : मालिका गाउँपालिका–६ मा दाउरा काट्ने क्रममा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जेपौवाका  करिब ६९ वर्षीय महलाल विष्ट रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक शिवबहादुर खत्रीले जानकारी दिए। आइतबार दिउँसो पौवाखोलामा एक्लै दाउरा काट्न गएका विष्ट राति अबेरसम्म घर नर्फकिएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्