अफगानिस्तानसामु नेपालको फितलो ब्याटिङ, १३१ रनमा अलआउट



काठमाडौं : अण्डर नाइन्टिन एसियाकप क्रिकेटमा नेपालले खराब ब्याटिङ गरेको छ। बंगलादेशमा जारी खेलमा नेपालले अफगानिस्तानसामु १ सय ३२ रनको चुनौती पेस गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ३१ रन मात्रै बनाउन सक्यो।  नेपालका लागि सर्वाधिक रन रोहितकुमार पौडेलले ८८ बलको सामना गर्दै ४६ रन बनाए। रासिद खानले ३० रन बनाउँदा कप्तान असिफ शेखले २० रन बनाए।

त्यस्तै रित गौतमको नाममा १० रन रह्‍यो। खेलामा अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्। नेपालले १७ रन एक्स्ट्रा पाएको थियो। १३२ रनको विजय लक्ष्यसहित अहिले अफगानिस्तान ब्याटिङ गरिरहेको छ। नेपालको ब्याटिङलाई ध्वस्त पार्ने क्रममा अफगानिस्तानमा अजमातुल्लाह ओमाराजिले चार तथा अब्दुल रहमान र क्वासिस अहमदले समान २/२ विकेट लिए।  नेपालले भोलि युएईको सामाना गर्नेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्