दलहरु चुनावी समिक्षामा



सैघाली खबर
साउन ८

स्थानीय तहको पहिलो र दोश्रो चरणको चुनाव सकिएपछि दलहरु चुनावी नतिजाको समीक्षा तथा भावी रणनितिका लागि आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेस र माओवादी पहिलो र दोश्रो चरणमा प्राप्त चुनावी नतिजाको संख्यालाई आउँदो चुनावमा कसरी सुधार्ने भन्ने छलफलमा जुटेका छन् । माओवादी केन्द्रले आउँदा चुनावहरुमा सुधार गर्नुपर्ने केही नितिगत तथा केही व्यवहारिक पक्षहरुका बारेमा औपचारिक निर्णय गरेको छ भने काग्रेसले केन्द्रीय समिति बैठकमा छलफल गरिहेको छ । दुई चरणका चुनावमा पहिलो बनेपछि नेकपा एमालेले भने यस अगाडी नै आउँदो चुनाबको लागि तयारी गरि गाउँगाउँमा नेता परिचालन गरेको छ । प्रदेश नम्बर २ मा एक गाउँपालिकामा १ नेतासहितको अभियान एमालेले चलाईरहेको छ । एमालेले राजपाका नेताहरुसँग पनि आज छलफल गर्ने तयारी गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्