मुख्य समाचार

सरकारले वाचा पुरा नगरे चुनावमा नजाने राजपाको अडान

By थाहा अनलाइन

July 23, 2017

सैघाली खबर साउन ८

राष्ट्रिय जनता पार्टीले सरकारले आफैले गरेको बाचा पुरा गर्न नसकेको भन्दै बचनमा अडिग हुन आग्रह गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजपा नेताहरुलाई बुधबार बालुवाटारमा बोलाएर ३ दिन भित्र संविधान संसोधनबाहेकका राजपाका अरु मागहरुलाई पुरा गर्ने प्रतिबद्धता जनाउनुु भएको थियो । तर, तीन दिनको बिचमा माग पुरा हुनु त परको बिषय मागका बिषयमा सामान्य छलफल समेत नभएको भन्दै राजपा नेताहरुले असन्तुष्टि जनाएका छन् । सीआइएनसंग कुरा गर्दै राजपा नेता अनिल झाले सरकार आफैले तोकेको सहमतिको समय सिमामा आफै अडिग हुन नसकेको भन्दै बचनमा भरपर्दो हुन आग्रह गर्नुभयो ।