दुर्घटना

नायक बिरुभाईलाई मातृशोक

By थाहा अनलाइन

October 02, 2018

दाङ, १६ असोज । नायक बिरुभाई बज्राचार्यलाई मातृशोक परेको छ। घोराही उप–महानगरपालिका वडा नं. १५ निवासी बज्राचार्यकी आमा दीलमाया बज्राचार्यको सोमबार राती ७५ बर्षको उमेरमा घरमै निधन भएको हो।

 

उहाँको राजुभाई बज्राचार्य,बिरुभाई बज्राचार्य तेजुभाई बज्राचार्य गरी तीन छोरा र एक छोरी निशा बज्राचार्य केसी चार सन्तान रहनु भएको छ । दीलमायाको बिहान ११ बजे घोराही स्थित शंकेपिपल घाटमा अन्त्येष्टी गरिने बिरुभाईले जानकारी दिनुभयो ।