भरतपुर मतगणना विवादको सुनुवाई आज



सैघाली खबर
साउन ८

भरतपुर मतगणना विवादको सुनुवाई आजका लागि तोकिएको छ । सर्बोच्च अदालतले आजका लागि पेशी तय गरेको छ । यसअघि पटक पटक सर्दै आएको पेशी आजका लागि तोकिएको हो । भरतपुरमा वडा नम्बर १९ बनेको थियो । निर्वाचन आयोगले गठन गरेको छानबिन समितिले ९० वटा मतपत्र च्यातिएको रिपोर्ट बुझाएपछि निर्वाचन आयोगले विवाद समाधान गर्न भरतपुर १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेपछि त्यस विरुद्ध परेको रिट परेको थियो । एमालेको तर्फबाट भरतपुर वडा नम्बर १९ का खुला सदस्य उम्मेदवार गुञ्जन विक र भरतपुर १९ कै मतदातासमेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले रोकिएको मतगणना सुरु गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो । निर्वाचन ऐनको कानुनी व्यवस्था जेजे भए पनि सार्वोच्चमा आयोगको निर्णयविरुद्ध रिट परिसकेको अवस्थामा अब सबैको प्रतिक्षा सर्वोच्चको फैसलामा अड्किएको छ । निर्वाचन आयोगले भने फेरि मतदान गर्ने निर्णय गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्