यस कारण लभस्टेशनमा काम नगर्ने भईन् निरुता



सैघाली खबर, १६ असोज ।

नायिका निरुता सिंह लामो समय पछि नेपाली चलचित्र क्षेत्रमा फर्किएकी छिन् । यसको सुरुवात चलचित्र नाई नभन्नु ल ५ बाट भइसकेको छ । त्यस पछि उनी मह जोडीको चलचित्र दालभात तरकारीमा देखिने पक्का भइसकेको छ । उनी चलचित्र दालभात तरकारी मा वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यको जोडीका रुपमा देखिने बताइएको छ ।

यसैबीच चलचित्र लभस्टेशनमा पनि उनी देखिने पक्का भइसकेको थियो, तर अन्तिम समयमा आएर नायिका निरुताले चलचित्र लभ स्टेशनमा अभिनय नगर्ने प्रतिकृया दिएकी छिन् । चलचित्रको छायांकन शुक्रबारबाट सुरु भइ सकेको छ । अन्तिम समयमा आएर निरुताले लिएको निर्णयले आफूहरुलाई आश्चर्यमा पारेको बताएको छ ।

नायिका निरुताले भने आफ्नो बाबुको स्वस्थ्यमा अचानक समस्या आइपरेको र अस्पताल भर्ना गर्नु पर्ने भए पछि अफूले यो निर्णय लिएको बताइकी छिन् । ‘मलाई चलचित्र लभ स्टेशनमा आभिनय गर्ने इच्छा थियो तर बाबाको स्वस्थ्य भन्दा ठूलो चलचित्र हैन’ निरुताको भनाइ थियो । निरुताले मंसिर १ गतेबाट छायांकन सुरु हुने चलचित्र दालभात तरकारीमा भने अभिनय गर्ने बताइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्