पतिभन्दा ७ गुणा धनी बिपाशा



सैघाली खबर, १६ असोज ।

कुनै समयमा ग्ल्यामरस स्टाइलले दर्शकको मन जित्न सफल अभिनेत्री बिपाशा बासु लामो समयदेखि बलिउड फिल्मबाट टाढिएकी छिन् ।उनले सुपरहिट फिल्म ‘राज’ र ‘जिस्म’ मा काम गरिसकेकी छिन् । सन् २०१५ मा बासु र उनका श्रीमान करण सिंह ग्रोवरका साथ फिल्म ‘एलोन’ मा देखिएकी थिइन् ।

बिपाशा र करण फिल्मबाट टाढा रहे पनि बेला बेलामा यो जोडी कहिले रेस्टुरेन्टमा समय बिताइरहेको त कहिले विदेशमा रमाइलो गरिरहेका भिडियो तथा तस्बिरहरु मिडियामा छाइरहेका हुन्छन् । सन् २०१६ मा करण सिंह ग्रोवरसँग विवाह गरेकी विपाशा करणभन्दा निकै सिनियर हुन् ।

फिल्ममा कामको अनुभव, उमेर वा सम्पत्ति यी सबै कुरामा विपाशा उनका श्रीमानभन्दा अगाडि नै छिन् । खबरहरुका अनुसार विपाशा उनका श्रीमान करण सिंह ग्रोवरभन्दा ७ गुणा धनी छिन् । विपाशा एक अर्बभन्दा धेरै सम्पत्तिकी मालिक हुन् ।

एक भारतीय वेबसाइटका अनुसार बिपाशा बासु करी १ सय ७२ करोड ८ लाख रुपैयाँकी मालिक हुन् भने उनका पति करण सिंह जम्मा २३ करोड २ लाख रुपैयाँ बराबरको सम्पत्तिका मालिक हुन् । विपाशाको हातमा फिल्महरु नभए पनि उनी कयौं मल्टिनेशनल कम्पनीको विज्ञापनमा काम गरिरहेकी छिन् ।

सोही विज्ञापन मार्फत विपाशा आम्दानी गरिरहेकी छिन् । उनले रिबोक, एरिस्ट्रोकेट लगेज, फा डियोड्रेन्ट, गिली ज्वेलरी, हेड एण्ड शोल्डर स्याम्पूलगायत थुप्रै कम्पनीहरुका विज्ञापन गरिसकेकी छिन । बिपाशा कयौं स्टेज शो मा समेत काम गरिरहेकी छिन् । उनी प्रति स्टेज शो को २ करोड रुपैयाँ पारिश्रमिक लिने गर्छिन् ।  बिपाशाका साथ ओडी ७, पोर्शे, वोक्सवेगन बिटलजस्ता लग्जरी गाडीहरु छन् । उनका मुम्बइमा २ वटा घर र कोलकतामा १ घर गरी तीन वटा घर छन् ।

विभिन्न रियालिटी शो तथा विज्ञापनमा काम गरेर आम्दानी गरिरहेका बिपाशाका श्रीमान करण सिंह ग्रोवरसँग भने एउटा ओडी ७ गाडी र मुम्बइमा एउटा मात्रै फ्ल्याट रहेको छ । एक समयमा बलिउडकी टप हिरोइन मध्यकी एक बिपाशा अहिले एउटा फिल्मको २ देखि ३ करोड रुपैयाँ पारिश्रमिक लिने गर्छिन् । उनका श्रीमान करण भने टेलभिजनबाट आफ्नो करियर सुरु गरेका थिए । विभिन्न टेलिभिजन सिरियलमा काम गरेर चर्चा बटुलेका करणले एक दिनको शुटको ८० हजार रुपैयाँ पारिश्रमिक लिने गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्