निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही हुन्छ – प्रचण्ड



सेैघाली खबर ,
काठमाण्डौ ,८ साउन-

नेकपा ९माओवादी केन्द्र०ले स्थानीय तहको निर्वाचनमा पार्टीको नीति र सिद्धान्त विपरित गएर चुनावमा अन्तरघात गर्ने जुनसुकै तहका नेता तथा कार्यकर्तालाई कडा कारबाही गर्ने नीति अख्तियार गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार सम्पन्न पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले अन्तरघात गरेका पार्टीका नेता–कार्यकर्तामाथि कारबाही गर्ने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहालले भने, ‘अप्ठ्यारो समयमा ‘बागी उम्मेदवार बन्ने, अन्तरघात गर्ने र विपक्षी पार्टीको पैसा लिएर पार्टीमाथि घात गर्नेलाई कारबाही हुन्छ । अब छूट दिन सकिँदैन ।’

अध्यक्ष दाहालले निर्वाचन सम्पन्न भएका छ वटै प्रदेशमा तीनरतीन सदस्यीय कार्यदल बनाएर उनीहरुमाथि छानबिन गरिने र दोषी पाइए कारबाही हुने बताए । बैठकमा अध्यक्ष दाहालले भने, ‘मुलुकका विभिन्न स्थानबाट अन्तरघात, पार्टी नीतिविरुद्धको गतिविधि भएको उजुरी आएको छ, अब सत्य तथ्य छानबिन हुन्छ र उनीहरुमाथि कारबाही हुन्छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्