दश बर्ष पछि टरिगाउँ एरपोर्टमा नेपाल एयरलाइन्सको परिक्षण उडान



दाङ,१६ असोज । नेपाल एयरलाइन्सले दाङको टरीगाउँ विमानस्थलमा १० बर्षपछि परिक्षण उडान गरेको छ । नाइन. एन. एकेयु विमान विमानस्थलमा उडान भएको हो ।अवतरण पछि पत्रकारहरुसंग कुरा गर्दै टोलीले प्राविधिक दृष्टिकोणले टरिगाउँ बिमानस्थल उपयुक्त भएको वताएका थिए ।दश बर्ष अघि टरीगाउँ एयरपोर्ट घाँसे मैदानमा विमान अवतरण गरेको स्मरण गर्दै क्याप्टेन आङनुरी शेर्पाले अहिले विस्तार भएको बताउँनुभयो ।

१६ सीटे जहाँजका लागि उडान भर्न कुनै समस्या नभएको भन्दै क्याप्टेन शेर्पाले पाँच सय मिटर विस्तार गरेमा ३२ सीटे जहाँज बस्न सक्ने बताउनुभयो । नेपाल वायुसेवा निगमका इन्जिनियर विशाल पौडेलले धावनमार्ग उपयुक्त रहेको भन्दै रुख विरुवा र घरले कुनै असर नगर्ने बताउनुभयो ।


प्राविधिक टोलीमा क्याप्टेन उद्धव घिमिरे, मोनिका रञ्जित र सन्तोष निरौलाको पनि सहभागिता रहेको थियो । प्राविधिक टोलीले ३५ सय सय रुपैयाँ भाडा निर्धारण गरे पनि कुनै नलाग्ने वताएको छ । इन्धन डिपो स्थापना गरेमा नियमित उडान भर्न सहज हुने उनिहरुको सुझाव थियो । प्राविधिक प्रतिवेदनका आधारमा दशै अघि विमान नियमित उडान हुने उनिहरुले बताएका छन ।


यता वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल नियुक्त भए लगत्तै उनले देशभर बन्द रहेका बिमानस्थल सुचारु गर्नुपर्ने बताएका छन् । देशभर बन्द रहेका आधा दर्जन एयर्पाेट हरुमा परिक्षण उडान सुरु गरेको वताउँनुभयो । खरेलका अनुसार अधिकाश जिल्ला हरुमा दशै अघि नियमित उडान गर्ने तयारीमा रहेको समेत जानकारी दिनुभयो ।२०७१ सालमा तुलसिपुर उधोग बाणिज्य सङघले निजि लगानीमा करिव दस महिना र जनप्रतिनिधि हरु निर्बा्चित भए लगत्तै तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको पहलमा समिट एयरलाइन्स को जहाज दाङमा करिब ९ महिना सञ्चालनमा आएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्